काठमाडाैं ।। युरोपेली मुलुक बेल्जियममा कोरोना सङ्क्रमण अनियन्त्रित भएपछि सङ्क्रमित चिकित्सकहरुलाई काममा बोलाइएको छ । बेल्जियम सरकारले देशभर कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको दर तीव्र गतिमा बढ्न थालेपछि आइसोलेसनमा रहेका चिकित्सकहरुलाई बिरामीको उपचारका लागि अस्पताल बोलाएको हो । बेल्जियमको लिज सहरमा पछिल्लो समय कोरोनाले सबैभन्दा धेरै प्रभावपारेको छ । १ करोड १६ लाख जनसंख्यारहेको बेल्जियममा हाल सम्मकोरोनाका कारण ३ लाख ३३ हजारभन्दा बढी सङ्क्रमित भइसकेका छन् । यसैबीच, इटलीमा कोरोना सङ्क्रमणको जोखिमलाई ध्यानमा राखिलगाइएको प्रतिबन्धको विरोधमा प्रदर्शन गरिएको छ । इटलिमा कोरोना सङ्क्रमणको दोस्रो चरणको लहर सुरु भएको भन्दै थप सावधानि अपनाउन लगाइएको प्रतिबन्ध प्रति विरोध प्रदर्शन गरिएको हो । प्रदर्शनको क्रममा प्रहरी र प्रदर्शनकारी बीच झडप समेत भएको छ ।
युरोपेली मुलुकमा कोरोना सङ्क्रमणको दर बढ्दै
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।