काठमाडाैं ।। सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षले अब बस्ने पार्टीको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपीशर्मा ओलीको राजीनामाको विषयलाई फेरि व्यूँताउने तयारी गरेको छ । भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्त कुमार गोयलसँग मध्य रातिसम्म बालुवाटारमा भेट गरेको र यस बारेमा पार्टीमा कुनै पनि समन्वयन गरेको भन्दै असन्तुष्ट पक्षले तत्काल बैठक बोलाउन माग गरेको छ । यद्यपी उपप्रधानमन्त्री इश्वर पोखरेलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दूतको रूपमा रअ प्रमुख गोयल नेपाल आएको टिप्पणी गर्नुभएको थियो । त्यसो भएको भए पनि प्रधानमन्त्री ओलीले कुटनीतिक मर्यादा विपरित गोलसँग भेट गरेको नेकपाको असन्तुष्ट पक्षको बुझाइ छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले स्थायी कमिटीको बैठकको निर्णय उल्लङ्घन गरेका कारण आगामी बैठकमा यस बारेमा गम्भीर छलफल गरिने नेकपाका नेता तथा पूर्व गृहमन्त्री भीम रावलले बताउनुभयो । प्रधानमन्त्री ओलीको सचिवालयले भने गोयलसँग बालुवाटारमा शिष्टाचार भेट भएको यस अघि बताएको थियो । नेकपाको असन्तुष्ट पक्षले शिष्टाचार भेट किन मध्य रातसम्म भयो? भेटका बारेमा किन सूचना लुकाएको ?भन्दै प्रश्नगर्दै आएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here