रौतहट ।। जनता समाजवादी पार्टी नेपालका नेता तथा रौतहट क्षेत्र नं. १ का सांसद अनिल कुमार झाले, स्थानीय तहमा आउने बजेट मेयरको वाउँको नरहेको बताएका छन् । रौतहटको यमुनामाई गाउँपालिकामा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै सांसद झाले, केन्द्र सरकारले स्थानीय सरकारलाई उपलब्ध गराउने बजेट मेयरको निजि सम्पती नभएकोले विकास निमार्णको कार्यमा खर्च गर्नु पर्ने बताए ।
पार्टी एकिकरण पछि जनता समाजवादी पार्टी नेपाल बनेको पहिलो पटक सावर्जनीक कार्यक्रमको सम्बोधन गर्दै सांसद झाले, स्थानीय सरकारहरु माथी आक्रोशित बन्दै, सांसदीय क्षेत्र विकासको बजेट स्थानीय तहमा पठाउने गरेकोले मेयरको बाउँको सम्पती नभई जनताको विकासको लागि भएकोले सहज रुपमा बजेट संचालन गर्नु दिनु पर्ने तर्क गरे ।
स्थानीय तहका प्रमुखहरुले आफ्नो हिसाव कितावले रकम खर्च गर्न लागेको कारण सासद झाको यस्तो अभिव्यक्ति आएको हो । स्थानीय सरकारलाई संघ र प्रदेश सरकारले दिने बजेट स्थानिय सरकार प्रमुखको बुवाको सम्पती नरहेको भन्ने सासदीय क्षेत्र विकासको लागि प्रति वर्ष करोडो रुपैया उपलब्ध गराउन संघीय र प्रदेश सासदको बाउँको सम्पती हुने सासदको कथन रहेको छ ।
पहिलाको सासदहरु भन्दा कम अधिकार अहिले संघिय सासद रहेको झाले जिकीर गरे । कार्यक्रममा सम्बोधन गर्दै झाले भन्ने, सरकारले दिएको रकम स्थानिय सरकार प्रमुखहरुले कम खर्च गरे पनि बढी रकमको विल भरपाई तयार गरि रकम दुरुपयोग गरि रहेको छ । जनताको विकासको लागि आएको रकम जनताको हक हितमा खर्च गर्नु पर्ने साँसद झाको सुझाव रहेको छ ।
केन्द्र सरकारको प्रतिनिधित्व गरि रहेका जिम्मवार व्यक्तिको यस्तो अभिव्यक्ती खेद जनक भएको कटहरीया नगरपालिकाका प्रमुख सियाराम कुशवाहाको प्रतिकृया रहेको छ । विकासको लागि आउने रकम मेयरको वाउँको भएको सासद झाको भनाई निर्वाचीत स्थानीय सरकार प्रमुखको प्रति नकारात्मक भएको प्रमुख कुशवाहाले टिप्पनी गरे । जनताबाट निर्वाचीत व्यक्तीले अर्को निर्वाचीत व्यक्ति माथी गैर जिम्मेवारी पुूर्ण अभिव्यक्ति दिनु राजनैतिक मर्यादा विहिन्ताको परिचय रहेको बताए । मेयर कुशवाहाले, स्थानीय सरकारका प्रमुख प्रति गरेको टिप्पनी घोर निन्दनीय रहेकोले सासद झाले नगर प्रमुख सित माफी माग्नु पर्ने मागँ गरे ।
सांसद झाको अभिव्यक्ति प्रति स्थानिय सरकारका प्रमुखहरुले आपती जनाएका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here