काठमाडाैं ।। विश्वभरका ३ करोडभन्दा बढी व्यक्ति कोरोना सङ्क्रमण मुक्त भएका छन् । अर्थात कुल सङ्क्रमितको ७४ प्रतिशत व्यक्तिले कोरोनालाई परास्त गरेका छन् । अहिले सम्म ४ करोड ६३ लाख ५ हजार २९१ जनामा सङ्क्रमण पुष्टि भएको छ । यसमध्ये ३ करोड ३ लाख ४७ हजार ६३४ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ३ लाख ३४ हजारभन्दा बढी सङ्क्रमण थपिएका छन् भने २ लाख ३९ हजार २५४ जना निको भएर घर फर्किएका छन् । यस्तै एकै दिन थप ४ हजार ३८९ जनाको मृत्यु भएको छ । योसँगै कोरोना सङ्क्रमितले विश्वभर मृत्यु हुनेको संख्या ११ लाख २२ हजार ७५८ पुगेको छ ।सबैभन्दा धेरै सङ्क्रमित भएको अमेरिकामा सङ्क्रमितको संख्या ८४ लाख ५६ हजार ६५३ हजार पुगेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here