काठमाडाैं ।। राजस्थान रोयल्सले आईपीएल टी ट्वान्टी क्रिकेटमा चौथो जित निकालेको छ । अबुधाबीमा हिजो राति भएको खेलमा साविक उपविजेता चेन्नई सुपर किङ्सलाई ७ विकेटले पराजित गर्दै राजस्थानले चौथो जित निकालेको हो । शेख जायद क्रिकेट स्टेडियममा चेन्नईले दिएको १ सय २६ रनको लक्ष्य राजस्थानले १७ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पूरा ग¥यो ।राजस्थानको जितमा जस बट्लरले अविजित रहदै ७० रनको अर्धशतकीय इनिङ्स खेल्नुभयो । कप्तान स्टिभ स्मिथ २६ रनमा अविजित रहनुभयो ।यस्तै बेन स्टोक्सले १९ रन जोड्दा रोबिन उथप्पाले ४ रन बनाउनुभयो । सन्जु सामसन सुन्य रनमा आउट हुनुभयो । चेन्नईका दीपक चाहरले २ विकेट लिनुभयो । जोस हाजलउडले १ विकेट लिनुभयो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १ सय २५ रनको झिनो स्कोरमा समेटिएको थियो । चेन्नईका लागि रबिन्द्र जडेजाले अविजित रहदै सर्वाधिक ३५ रन बनाउनुभयो । यस्तै कप्तान महेन्द्र सिंह धोनीले २८ रन जोड्दा साम करणले २२ रन बनाउनुभयो । अम्बाती रायाडु १३ रनमा आउट हुँदा फाप डु प्लेसिसले १० रन जो्नुभयो ।जितसँगै राजस्थानको प्ले अफमा पुग्ने सम्भावना जीवितै रहेको छ । राजस्थानले १० खेलमा ८ अंक जोडेको छ । राजस्थान लिगको पाँचौँ स्थानमा समेत उक्लिएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here