राजेन्द्रम महताे , लहान ।। सिरहाको औरही गाउँपालिका वडा नं २ तुलसीपुरमा एक दलित महिलामाथि कुटपिट भएको छ।
औरही गाउँपालिका वडा नं २ तुलसीपुर निवासी ३२ वर्षीया सुनिता देबी मन्डललाई स्थानीयवासी चार जनाले कुटपिट तथा अभद्र व्यबहार गरेका हुन्।
पुरानो झगडा को रिसीवीले आफूलाई तुलसी पुरका शयाम सुन्दर यादव, राम कुमारी यादव, ललुवा यादव र गोपाल यादव को श्रीमती ले कुटपिट गरेको पीडित मन्डलले बताए।
पीडित महिला ले जिल्ला प्रहरी कार्यालय सिरहामा सो विषयमा उजूरी दिएको छ।दलित अधिकारकर्मि संजय महराले दोषिमाथि कारवाहिको माग गरेको छ ।
घटनाका विषयमा अनुसन्धान भइरहेको र दोषी भए कारवाही हुने जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here