काठमाडाैं ।। किङ्स इलाभेन पन्जाबले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा साविक विजेता मुम्बई इन्डियन्सलाई पराजित गरेको छ । गएराति भएको खेलमा पन्जाबले मुम्बईलाई सुपर ओभरमा पराजित गरेको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा मुम्बईले दिएको १ सय ७७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ६ विकेट गुमाएर १ सय७६ रन जोडेपछि खेल सुपर ओभरमा गएको थियो । सुपर ओभरमा सुरुवातमा ब्याटिङ गरेको पन्जाबले २ विकेट गुमाएर ५ रन जोड्यो । जवाफमा मुम्बईले पनि १ विकेट गुमाएर ५ रन बनाएपछि खेल पुनः बराबरीमा सकियो ।त्यसपछि फेरी अर्को सुपर ओभरको खेल भएको थियो ।जसमा मुम्बईले १ विकेट गुमाएर ११ रन बनायो । १२ रनको लक्ष्य पन्जाबले बिना विकेटको क्षतिमा ५ बलमा १५ रन जोड्दै जित निकाल्यो । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर १ सय७६ रन बनाएको थियो । जितसँगै पन्जाबले मुम्बईविरुद्ध सिजनको पहिलो भेटमा व्यहोरेको हारको बदला लिएको छ । यस्तै,कोलकत्ता नाइट राइडर्सले आईपीएल क्रिकेटमा पाँचौं जित निकालेको छ । अबुधाबी आइतबार भएको खेलमा सनराइजर्स हैदराबादलाई सुपर ओभरमा पराजित गर्दै कोलकत्ताले पाँचौं जित निकालेको हो । शेख जायद क्रिकेट स्टेडियममा कोलकत्ताले दिएको १ सय ६४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६३ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो ।सुपर ओभरमा कोलकत्ताका लक्की फर्गुसनले २ विकेट लिएपछि हैदराबादले मात्र २ रन जोड्यो । ३ रनको लक्ष्य कोलकत्ताले विकेट नगुमाई चौंथो बलमा पूरा गर्यो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here