काठमाडौं ।। नेपाली चलचित्रका पहिलो छायांकार बैकुण्ठमान मास्केको कोरोनाले गर्दा मृत्यु भएको छ । कलेजोको बिरामी रहेका मास्केको ८३ बर्षको उमेरमा शनिबार मृत्यु भएको चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले बताएका छन् ।
पुष्करका अनुसार, लामो समयदेखि मास्के कलेजोको बिरामी समेत थिए । उनलाई कोरोना पोजिटिभ देखिएको थियो ।
मास्केले पूर्ण छायांकारको रुपमा चलचित्र ‘मनको बाँध’मा काम गरेका थिए । मास्केले केही विदेशी समाचार संस्थामा पनि काम गरेका छन् । साथै, उनले दर्जन बढी चलचित्रमा पनि काम गरेका छन् ।
एक छोरा र श्रीमति रहेका उनलाई गतबर्ष चलचित्र निर्माता संघले विरगञ्जमा आयोजना गरेको स्वर्णिम चलचित्र महोत्सवमा पहिलो छायांकारको रुपमा सम्मान गरेको थियो ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।