रौतहट ।। रौतहटमा पनि विश्व हात धुने दिवस मनाइएको छ । रौतहटका विभिन्न स्थानीय तहमा साबुन पानीले हात धोएर विश्व हात धुने दिवस मनाएको छ । ‘हातको सरसफाइ सबैका लागि, साबुनपानी हात, सधैं साथसाथ’ भन्ने नाराका साथ आज विश्व हात धुने दिवस मनाईएको छ । प्रमुख जिल्ला अधिकारी ईन्द्रदेब यादबले कार्यक्रमको उदघाटन गर्नु हुदै उहाले सबै नागरिकमा हातधुने बानीको बिकास गर्न पनि यो दिबसले प्रेरणा मिल्ने बताउनु भयो । बिभिन्न काम गरेपछि तत्कालै हात धुन आबश्यक रहेको भन्दै उहाले सबै नागरिकले यसो गरेमा निरोगी बन्न सकिने बताउनु भयो । अक्सफाम नेपालको सहयोग आरडिसी नेपालको समन्वयमा जिल्ला स्वच्छता समन्वय समिती र जिल्ला प्रशासन कार्यालयले हातधुन प्रेरीत गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरेको हो । आरडिसी नेपाल रौतहटका कार्यक्रम संयोजक बिजय साहले कोराना भाइरस नियन्त्रणका लागी साबुन पानीले हात धुनु आबश्यक रहेको बताउनु भयो । उहाले अन्तराष्ट्रिय हात धुने दिबसको अबसर पारेर हरेक नागरिक समक्ष हात धुने बानीको बिकास होस भन्नको खातिर कार्यक्रम गरिएको बताउनु भयो । कार्यक्रममा सामाजीक अगुवाहरु, बिभिन्न सस्थाहरुका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।सन् २००८ अक्टोबर १५ देखि नेपालमा विश्व हात धुने दिवस मनाइँदै आएको छ । साबुनपानीले २० सेकेण्डसम्म मिचिमिची हात धुँदा श्वासप्रश्वासजन्य एवं निमोनिया संक्रमण तथा झाडापखालामा कमी ल्याउन सकिने र इबोला, हेपाटाइटिस, सार्स जस्ता जीवाणुद्वारा लाग्ने रोगबाट पनि बच्न सकिने तथ्य अध्ययनले देखाएको छ
साबुन पानीले हात धोएर रौतहटमा विश्व हात धुने दिवस मनाइयो
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।