काठमाडौं ।। नेपालमा आज पछिल्लो २४ घण्टामा ३ हजार ७४९ जना कोरोना संक्रमित पुष्टि भएका छन्। योसँगै कूल संक्रमितको संख्या १ लाख २१ हजार ७४५ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ५६४ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या ८४ हजार ५१८ पुगेको छ।
२४ घण्टामा १६ हजार ५९८ जनाको पिसिआर परीक्षण भएको छ।
आज देशभर ३६ हजार ५३३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा थप १९ जना संक्रमितको मृत्यु भएको छ। यो सहित नेपालमा संक्रमितको मृत्यु संख्या ६९४ पुगेको छ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।