रौतहट ।। कोष तथा लेखा नियंत्रण कार्यालय रौतहटका प्रमुख ईश्वरी प्रसाद ढकाल रौतहटका आधी भन्दा बढ़ी स्थानीय तहले अहिले सम्म निकासाको लागि प्रक्रिया नै अगाडी नबढाएको बताउनु भएको छ ।
रौतहटको सदरमुकाम गौरमा बुधवार जिल्ला प्रसाशन कार्यालयले आयोजना गरेको जिल्लाको विपद जोखिम व्यवस्थापन एवं शान्ति सुरक्षा बारे समन्वय बैठकमा गत आर्थिक वर्षको खर्च प्रतिबेदन सार्वजानिक गर्दै प्रमुख ढकालले संघीय सरकारको जिल्लाको विकासको लागि आएको १० अर्व मध्ये चालू तरफ ९ अर्व १६ करोड़ ८० लाख ९३ प्रतिशत र पूंजीगत तरफ १ अर्व ४ करोड़ १४ लाख ११ हजार ६८२ रुपैया ७९ प्रतिशत खर्च तथा प्रदेश सरकारका चालू तरफ ७६ प्रतिशत र पूंजीगत तर्फ ८१ प्रतिशत खर्च भएको विबरणले जिल्लामा विकासको लहर चलेको बताए ।
समयमा नगर सभा , योजना बाड़फाट गरी सूत्रमा समाबेश नगरेको कारण ९ वटा स्थानीय तहको रकम निकासा हुने अवस्थामा नरहेको प्रस्ट पारे । प्रक्रिया पुर्याएर मंगलवार सम्म ६ स्थानीय तहले पहिलो चौमासिक निकासा लगी सकेको र तीन स्थानीय तह संपर्कमा आएको जनाए ।
निकासा समय मै लगी सकेका स्थानीय तहमा चन्द्रपुर नगरपालिका , बृन्दावन नगरपालिका , गढ़ीमाई नगरपालिका, माधव नारायण नगरपालिका , गौर नगरपालिका र राजपुर नगरपालिका रहेको छ ।
निकासाको लागि प्रक्रिया पुर्याएर कागज पत्र पेश गरेका स्थानीय तह मौलापुर नगरपालिका , ईशनाथ नगरपालिका र परोहा नगरपालिका रहेको छ । संपर्क मै अहिले सम्म नआएका स्थानीय तहहरुमा यमुनामाई गाउँपालिका , दुर्गाभगवती गाउँपालिका , राजदेवी नगरपालिका , कटहरिया नगरपालिका , गुजरा नगरपालिका ,फतुआ विजयपुर नगरपालिका , गरुडा नगरपालिका , बौधिमाई नगरपालिका , देवाही गोनाही नगरपालिका रहेका छन ।
रकम निकासा नहुँदा पर्वको अवसरमा कर्मचारीहरु दुखित हुने र तलवबाट बंचित हुने अवस्था रहेकोले समयमा कागजात पेश गर्न समेत सुझाव दिए । नगर प्रमुख र उपप्रमुख विचको विबादको कारण समयमा नगरसभा सम्पन्न गर्न नसक्नुको कारण निकासा रोकिएको प्रमुख ढकालको भनाइ रहेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here