रौतहट ।। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख सिद्धि विक्रम साहले रौतहटमा गएको आर्थिक वर्षको तुलनामा अपराधको घटना बढेको जानकारी गराउनु भएको छ ।
जिल्ला प्रशासन कार्यालय रौतहटले वुधवार आयोजना गरेको जिल्लाको विपद जोखिम व्यवस्थापन एवम शान्ति सुरक्षा वारे समन्वय बैठकमा गरेको जिल्लाको सुरक्षा अवस्था र विषलेशण प्रस्तुतिमा अपराध बढनुको कारण अपराधलाई समाजले स्वीकार्य गर्ने र समाजमा मिलाउनु पर्छ भन्ने भावना , अपराध गनेृको विरोधमा नवोल्ने प्रवृति रहेको जिकिर गर्नु भएको छ ।
आर्थिक वर्ष २०७६।०७७ मा ६८४ वटा मुदा दर्ता भएको र ३४२ वटा केश पेन्डिगमा रहेको तथ्यांक प्रस्तुत गरेका छन । बारको अधारमा पछिल्लो समय वुधवार र शनिवार बढी अपराधको घटना घटेको अध्यनले देखाएको छ ।
चालु आर्थिक वर्षको श्रावण, भाद्र र असोजमा ५१ वटा विभिन्न किसिमको घटना भएको छ जसमा १२ ज्यान मार्ने उधोग र १२ वटा जवरदस्ती करणीको घटना रहेको छ । नगरपालिका र गाउपालिकाको अधारमा बढी घटना चनद्रपुर नगरपालिकामा भएको छ भने जघन्य प्रकृतिको घटना कम रहेको नगरपालिकामा वृन्दावन, माधव नारायण रहेको छ ।
चन्द्रपुर नगरपालिकामा २२ , गौर नगरपालिकामा १८ , राजपुर नगरपालिकामा १४ फतुवा विजयपुर नगरपालिकामा १२, गुजरा नगरपालिका र इशनाथ नगरपालिकामा नौ ,नौ वटा अपराधिक घटना भएको विशलेषणले देखाएको प्रहरी उपरिक्षक शाहले जानकारी गराए ।
यमुनामाई गाउपालिकामा ८,गरुडामा ७ , गढीमाइमा ७ , बौधीमाइ नगरपालिकामा ६ कटहरियामा ६ परोहा, राजदेवी र मौलापुरमा पाच, पाच वटा तथा दुर्गा भगवती गाउपालिकामा ४ वटा घटना घटेको अध्यनले प्रष्ट पारेको छ ।
अपराधिक घटना बढनुको कारणमा मुखिया प्रवृति , अपराध भएपछि पैसा दिएर मिलाउनु पर्ने भवना , अपराध भएको देख्दा पनि प्रहरीलाई जानकारी नगराउनु , नबोलनु ,खबर गर्दा झन्झटमा पर्नु सोच , अपराधी सित मिलेर पैसाको मोलतोल गर्ने प्रवृति , फोजदारी न्याय प्रणालीवाट न्याय र क्षतिपुर्ति पाउने विस्वाश नहुनु ,मदिराको अनियन्त्रित प्रयोग, अपराधमा भारतिय नम्बरको सवारी साधनको प्रयोग बढी रहेको छ ।
न्यायिक समिति राजनितिक भइ पुर्ण रुपमा निष्कृय हुनु , न्यायिक समिति प्रतिको अविस्वाश ,अपराध गरेर नजिकको सिमा कटी भारतमा प्रवेश गरेपछि संरक्षण हुने सोच , कुनै पनि घटनामा पारिवारिक तथा राजनितिक रिसिवी साध्न विपक्षी तर्फका घटनामा संलगनता र नभएका व्पक्तिको विरुद्ध जाहेरी दिने प्रवृति, सानो झगडामा गंभीर प्रकृतिका मुदामो जाहेरी ल्याउने ,दर्ता नभएमा उच्च न्यायलय , हुलाक , सरकारी वकिल कार्यालयवाट मुदा दर्ता गराउने प्रकृयाले अपराधिक घटनामा वृद्धि हुने भुमिका खेलेको प्रहरीको ठहर रहेको छ ।
अपराधिक घटनामा छानविन गर्न दक्ष जनशक्तिको अभाव , स्रोत साधनको अपुग , उपकरणको समस्याले अनुसंन्धान गर्ने कायमा कठिनाई भइरहेकोले यस तर्फ सरकारलाई ध्पानाकर्षण गराइ दिनको लागी सहभागी संघिय सासद , प्रदेश सासद तथा स्थानिय सरकारका प्रतिनिधीलाई आग्रह गरेका छन ।
प्रहरी उपरिक्षक शाहले गठन गरिएका न्यायिक समितिले सकृयतामा ल्याउनु पर्ने जोड दिदै स्थानिय जनप्रतिनिधीले सहयोगात्मक भुमिका खेल्नु पर्ने सुझाव दिए । अपराध नियन्त्रण गर्ने कार्यमा प्रहरी कर्मचारीहरुको भुमिका निष्कृय देखिएको बताए । प्रहरीले निष्पक्ष काम गर्छ भन्ने कुरामा आम जनतामा विस्वाश दिलायनु नसक्नु पनि कमजोरी रहेको औल्याउनु भयो ।
मदिरा पसल भटठी जसता पसलहरुलाई निष्चित समय सम्म कडाइका साथसंचालन गर्न लगाउने र निगरानी गर्ने , लागु औषध बेचविखन तथा ओसार पोसार कडाइका साथ नियनत्रण गर्ने, बढी अपराध घटने नगरपालिका तथा गाउपालिकाहरुमा सुरक्षा सचेतना कार्यक्रम संचालन गर्ने , अभियुक्त पक्राउ गरी कानुनी दायरामा ल्याउने कार्य संचालन गनृमा जनप्रतिनिधिीहरुले सहयोग गरे अपराध नियन्त्रण न्युनिकरण हुने अपेक्षा प्रहरी उपरिक्षका शाहले राखे ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा भएको समन्वय बैठमा सहभागी भएका प्रतिनिधी सभा सदस्य प्रभु साहले जिल्लाको अपराध मुक्त बनाउन र शान्ति सुरक्षा कायम गराउने सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको छन । वहाले अपराध गर्ने व्यक्ति कुनै पनि बहानामा जोगिनु नपर्ने कानुन बमोजिम सजाय पाउनु पर्ने धारण राखे ।
कार्यक्रममा सासद कल्याणी खडका , प्रदेश सरकारका भुमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र राय यादव , सासद रेखा झा , फुलवावु उर्फ मोहमद रसिद आलम , जिल्ला समन्वय समितिका अध्यक्ष राम एकवाल यादव , उपाध्यक्ष राम असिस यादव , नगर प्रमुखहरु अजय कुमार गुप्ता , विरेन्द्र यादव , सियाराम कुशवाहा , धिरेन्द्र कुमार सिह, शेष वकिल , मोहमद सकिल अख्तार , श्याम यादव , राम स्नेही राय यादव लगायतका निर्वाचित जनप्रतिनिधिीहरुले विपद जोखिम व्यवस्थापन तथा जिल्लामा शान्ति सुरक्षाको अवस्थाको बारेमा आ आफनो धारण राखेका थिए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here