काठमाडौं ।। नेपालमा पछिल्लो २४ घण्टामा ५००८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
देशभरका विभिन्न प्रयोगशालामा १९ हजार ३२० नमुना परीक्षण गर्दा १८२३ महिला र ३१८५ पुरुषमा संक्रमण पुष्टि भएको हो । यो नेपालमा एकैदिनमा भेटिएको सबैभन्दा धेरै संक्रमित संख्या हो ।
यससँगै कुल संक्रमितको संख्या एक लाख ५ हजार ६८४ पुगेको छ ।
त्यसतै पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १४ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा १२ जना पुरुष र २ जना महिला रहेका छन्।
कोरोनाबाट मृत्यु हुनेको संख्या ६१४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। भने पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट १ हजार २२९ जना निको भएर घर फर्किएका छन् । देशभर हालसम्म कोरोना भाइरसको संक्रमणबाट निको हुनेहरुको जम्मा संखया ७४ हजार २५२ जन पुगेका छन् ।
देशभर ३० हजार ८१८ संक्रिय संक्रमित छन् । १७ हजार १६४ जना होम र १३ हजार ६५४ संस्थागत आइसोलेसनमा छन् । उनीहरुमध्ये ३२१ जनाको आईसीयू र ७७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।