रौतहट ।। रौतहटमा अनसनरत डाक्टर गोविन्द केसीको समर्थनमा रौतहटमा प्रदर्शन गरिएको छ । रौतहटका युवाहरुले फरक–फरक किसिमको प्रदर्शन गर्दै डा. केसीको मागलाई तत्काल सम्बोधन गरि जीवन रक्षाको माग गर्दै युवाहरु सदरमुकाम गौरको बिपी चौकमा प्रदर्शन गरेको छन् । डाक्टर कोसीको जीवन रक्षा गर, डाक्टर केसीको माग पुरा गर लोक्तरन्त्र समेत सत्याग्रहीहरुको आवाज सुनिदैन भने राज्यबाट के आपेक्षा गर्ने भन्ने नारा लेखिएको
ब्यारनसहित प्रदर्शन गरिएको छ ।मेडिकलको क्षेत्रमा सुधारको माग गर्दै पटक–पटक अनसन गर्दै आएका सत्यग्राही प्रध्यापक डा. केसी अहिले् १९ औं पटकको आमरण अनसनमा बसेका छन् । डा. केसीको अनसनको विहिवार २५ औं दिन पुगेको छ । सो समर्थन कार्याक्रममा गौर सदरमुकामाका युवा शितांसु सिंहले लोकतान्त्रि देशमा एक सतयाग्रहीको यसरी अवाज लुकाउनु सरकार विरोधी रहेको बताए । सोही कार्याक्रममा अर्का युवा आर एन साहले भने महँगो मेडिकल शिक्षालाई सुधार
नगरिन्जेल गरिबका छोरी छोरी डक्टर पढन नपाउने भए चिन्ता व्यक्त गरे । सयौँ युवाहरुको सक्रियतामा डा.कोसीको जिवन रक्षा र माग प्रती चासो र चिन्ता व्यक्त गरिएको थियो ।
उक्त कार्याक्रममा रौतहटमा कार्यारत स्वास्थ्यकर्मीहरुले पनि डा. केसीकोमाग प्रती समर्थन जनाएका थिए ।
सो कार्याक्रममा मैनबत्ति बाली डा. केसीको दिर्घायुको कामना गर्दै हाम्रो स्वास्थ्य हाम्रै हाथमा हामी सबै डा. केसीको साथमा भन्दै
पुरै देश एक भएर डा. केसीको ज्यान रक्षामा जुटनु पर्ने कुरा कार्याक्रममा सहभागी युवाहरुले बताएका थिए ।मेडिकल माफियाहरुको विरोधमा डा. केसीले यस अघिपनि १८ औं पटक आमराण अनशन गरिसकेका छन् । तर हरेक पटक सरकारले
गरेको सम्झौता कार्यान्वयन गरेको छैन् ।
सो कार्याक्रमा जसपाका नेता रेवन्त झा, अनिल सिंह, युवा नेता सितांशु सिंह लगयात आम नागरिरको उपस्थित रहेको थियो । तत्काल बार्ता नगेर चिकित्सक र स्वास्थ कर्मीहरु थप कडा आन्दोलनमा उत्रन बाध्य हुने रौत्हटका यरवाहरुले बताए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here