काठमाडाैं ।। पछिल्लो २४ घन्टामा नेपालमा थप ४ हजार ३६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्यतथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार २४ घन्टामा १८ हजार ४७३ पीसीआर परीक्षण भएकोमा ४ हजार ३ सय ६४ जनामा सङ्क्रमण देखिएको हो । मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टरजागेश्वर गौतमले हाल सम्म कुल सङ्क्रमितको संख्या९८ हजार ६१७पुगेको जानकारी दिनुभयो । देशभरी सक्रिय सङ्क्रमितको संख्या हाल सम्म २६ हजार ६८४जना रहेको डाक्टर गौतमले बताउनुभयो । हिजोमात्रै ३ हजार ४३९ सङ्क्रमितथपिएकाथिए । २४ घण्टामा २ हजार ६७५ जनाकोरोना सङ्क्रमणमुक्तभएर घर फर्किएका मन्त्रालयले जनाएको छ । यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट थप १२ जनाको मृत्यु भएको छ। स्वास्थ्यमन्त्रालयकाअनुसार मृत्यु हुनेमाचार जनामहिला र आठ जनापुरुष छन् । सुनसरीका ३९ वर्षीय पुरुष, धनुषाका७० वर्षीय पुरुष, काठमाडौँका ५८ र ९१ वर्षीय पुरुषतथा७९ वर्षीया महिला, ललितपुरका७३ वर्षीया महिला, भक्तपुरका८२ वर्षीया महिला, चितवनका ८१, ९१ र ८१ वर्षीय तीनपुरुष, कास्कीका ८३ वर्षीय पुरुष र सुर्खेतका८२ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको स्वास्थ्यमन्त्रालयले जनाएको छ । यससँगै नेपालमाकोरोनाबाट मृत्यु हुनेको संख्या ५९० पुगेको छ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here