एजेन्सी ।। दक्षिण भारतीय सिनेमाकी चर्चित अभिनेत्री काजल अग्रवालको विवाहका खबरहरू भारतीय सञ्चारमाध्यममा छाएका छन्। 

भारतीय सञ्चारमाध्यमका अनुसार काजलको विवाह मुम्बईमा हुनेछ। विवाहको कार्यक्रम दुई दिन चल्नेछ। विवाहमा नजिकको आफन्त, साथीहरूलाई मात्रै बोलाइनेछ। 

समाचारका अनुसार काजलको विवाह उद्यमी गौतम किचलुसँग हुनेछ। गौतमसँग काजलको इंगेजमेन्ट भइसकेको छ। तर, यो खबरबारे काजलका तर्फबाट भने कुनै प्रतिक्रिया आएको छैन।

काजल विगत १६ वर्षदेखि फिल्म उद्योगमा छिन् । उनले फिल्म क्यों हो गया ना बाट डेब्यू गरेकी थियन् त्यसपछि उनी दक्षिण भारतीय फिल्मतिर लागिन् । 

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here