काठमाडौं ।। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अपवादबाहेक सबै मन्त्री हटाउन प्रस्ताव गरेका छन् । नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफलमा मंगलबार दाहालले यस्तो प्रस्ताव गरेको स्रोतले जनाएको छ ।

तर यसमा प्रधानमन्त्री ओली तयार छैनन् । उनले अहिले खाली रहेका मन्त्रालयमा मन्त्री नियुक्त गर्ने र केही मन्त्रालय फुटाएर मन्त्री बनाउनुपर्ने अडान राखेका छन् । दुई अध्यक्षबीच सहमति कायम हुन नसक्दा मन्त्री हेरफेर हुन सकेको छैन । यसअघि बसेको स्थायी कमिटी बैठकले मन्त्री हेरफेरको जिम्मा दुई अध्यक्षलाई दिएको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here