काठमाडौं ।। नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका थप १ हजार ५१३ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले जानकारी दिएका छन् ।
यसका साथै देशभर कुल संक्रमितको संख्या ७६ हजार २५८ पुगेको छ ।
देशभर आजसम्म सक्रिय संक्रमितको संख्या २० हजार ३९६ रहेको छ । पछिल्लो २४ घण्टामा ७३१ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ५५ हजार ३७१ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७२ दशमलव ६ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १० हजार ८९१ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १० लाख ९ हजार २९८ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन ९ हजार ६८९ जना र होम आइसोलेसनमा १० हजार ७०७ जना रहेका छन् । आजसम्म देशभर हजार जना क्‍वारेन्टिनमा रहेका छन् ।

देशभर ३४ कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २१३ जनालाई आईसीयूमा राखेर उपचार भइरहेको छ ।

शनिबार देशभर एक हजार २०७ कोरोना संक्रमित थपिएका थिए भने एक हजार १४७ जना डिस्चार्ज भएका थिए । शनिबार कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको थियो ।

आइतबार देशभर एक हजार ५७३ कोरोना भाइरस संक्रमित थपिएका थिए भने ८८५ जना डिस्चार्ज भएका थिए । आइतबार नै देशभर १० जनाको मृत्यु भएको थियो ।

सोमबार देशभर कोरोना संक्रमित एक हजार ३५१ जना थपिएका छन् भने ७४२ जना डिस्चार्ज भएका छन् । सोमबार कोरोना संक्रमणबाट देशभर ४ जनाको मृत्यु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here