काठमाडौं ।। पछिल्लो २४ घण्टामा १२ सय ७जनामा कोरोना भाइरस कोभिड १९ को सङ्क्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १०हजार १९ नमुना परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो । यससँगै कुल सङ्क्रमितको संख्या७१ हजार ३४१ पुगेको छ । उनीहरुमध्ये ४ सय ६७जनाको मृत्यु भएको छ भने ५३ हजार १३ जना सङ्क्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ११सय ४७जना सङ्क्रमणमुक्त भएको स्वास्थ्यतथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामामात्र७ सय २४ सङ्क्रमित थपिएका छन् ,जसमध्ये काठमाडौंका ५८३, ललितपुरका७८ र भक्तपुरका ६३ जना छन् । यसैबीच, नेपालमाथप ८ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । स्वास्थ्यतथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनकाक्रममा प्रवक्ता डा. जागेश्वर गौतमले थप ८ जनाको मृत्यु भएको जानकारी गराउँदै नेपालमाकोरोनाबाट ज्यानगुमाउनेको संख्या ४६७पुगेको बताउनुभयो ।
पछिल्लो २४ घण्टामा देशभर १२ सय ७ जनामा सङ्क्रमण पुष्टि
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।












