काठमाडाैं ।। नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्ली क्यापिटल्सले युएईमाजारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ ।गय राति भएको खेलमा चेन्नई सुपर किङ्सलाई ४४ रनले पराजितगर्दै दिल्लीले लगातार दोस्रो जित निकालेको हो ।दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानममा दिल्लीले दिएको १ सय ७६ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा७विकेट गुमाएर १ सय ३१ रन मात्रबनाउन सक्यो ।चेन्नईका लागि फाप डु प्लेसिसले ४३ रन बनाउनु भयो ।दिल्लीका कागिसो राबडाले ३ विकेट लिनुभयो । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ३ विकेट गुमाएर १ सय ७५ रन बनाएको थियो ।दिल्लीका लागिओपनर पृथ्वीशले ६४ रन बनाउनुभयो । जितसँगै दिल्लीले २ खेलमा ४ अंकजोडेको छ र अंकतालिकाको शीर्ष स्थानमा समेत उक्लिएको छ ।चेन्नईभने ३ खेलमा २ अंकजोेड्दै तालिकाको पाँचौं स्थानमा रहेको छ ।आईपीएल क्रिकेटमा आज सन् राईजर्स हैदराबाद् र कोलकत्ता नाईटराईडर्स बीच प्रतिस्पर्धा हुनेछ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here