एजेन्सी ।। लागुऔषध कनेक्सनमा बलिउड अभिनेत्री दीपिका पादूकोणको नाम पनि चर्चामा छ।
उनीमाथि यतिखेर बलिउड उद्योगको करिब ६०० करोड भारू लगानी छ। यसमा उनका दुई चलचित्र र ३३ वटा अन्य प्रोजेक्ट छन्उ । नले निर्माता मधु मन्तेनाको एक चलचित्र करिब २०० करोडमा निर्माण हुँदैछ। त्यसमा दीपिका मूख्य भूमिकामा हुनेछिन्। त्यस्तै निर्देशक शकुन बत्राको नाम सार्वजनिक नगरिएको चलचित्रका लागि ९० देखि १०० करोड लगानी छ।
मधुको आउने चलचित्र पौराणिक कथा महाभारतको पात्र द्रौपतीबाट प्रेरित भएर बनाईंदैछ। दीपिकासँगै मधु पनि लागुऔषधको विवादमा तानिएका छन्। सुशान्तसिंह राजपूतको आत्महत्या प्रकरणपछि लागुऔषधबारे अनुसन्धान गरिरहेको नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले दीपिका पादुकोण, श्रद्धा कपुर, सारा अली खान र रकुलप्रित सिंहसँग सोधपुछका लागि बोलाएको छ। दीपिकालाई भोली बोलाएको हो।
दीपिका गएराति गोवाबाट मुम्बई पुगिसकेकी छिन्। उनका श्रीमान् रणबीर सिंह पनि उनीसँगै छन्। सुरक्षाका कारण उनी करिब ४५ मिनेट एअरपोर्टमा नै बसेकी थिइन्। सोधपुछका क्रममा आफू पनि बस्नु पाउनुपर्ने भन्दै रणवीरले एनसीबीमा निवेदन दिएका छन्।
यसअघि दीपिकाले एनसीबीको नोटिसको जवाफमा उनले अनुसन्धानलाई सहयोग गर्ने बताएकी थिइन्।