काठमाडाैं ।। विश्वभरिमा कोरोना भाइरस सङक्रमित मध्ये निको हुनेको संख्या २ करोड ३९ लाख नाघेको छ। शुक्रबार बिहान साढे ६ बजेसम्म कुल सङक्रमितको संख्या ३ करोड २३ लाख ९४ हजार ८३० जना पुगेकोमा २ करोड ३९ लाख ४ हजार ६८७ जना संक्रमणमुक्त भएका हुन् । सङक्रमितमध्ये हालसम्म ९ लाख ८७ हजार ६६ जनाको मृत्यु भइसकेको छ। कुल सङक्रमितमध्ये अब सक्रिय संक्रमितको संख्या ७५ लाख ३ हजार ७७ छ। जसमध्ये ९९ प्रतिशत अर्थात् ७४ लाख ३९ हजार ७ सय ५९ जनाको स्वास्थ्य अवस्था सामान्य छ भने ६३ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटरले जनाएको छ। सङक्रमणबाट सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा ७१ लाख ८४ हजार ८ सय ५४ कुल सङक्रमितमध्ये सक्रिय संक्रमितको संख्या २५ लाख ४६ हजार २ सय ८६ छ। त्यहाँ संक्रमणबाट २ लाख ७ हजार ५ सय १६ जनाको ज्यान गइसकेको छ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here