रौतहट ।। रौतहट सहित देशभर लगातार पानीले जनजीवन प्रभावित बनेको छ । पहाडमा पहिरो जाने, सडक अवरुद्ध हुने समस्या देखिएको छ । ठूला नदीहरुमा बहाव बढ्दा किनाराका बस्तीहरुमा त्रास बढेको छ । कमजोर भूबस्तीहरु पहिरोको चपेटमा परेका छन् । ठाउँ, ठाउँमा भएर बग्ने खोलाको जलसायमा वृद्धि भएपछि रौ तहटका तटीय क्षेत्र उच्च जोखिममा परेका छन् । नेपालकाे मनसुन बहिर्गमनको मिति २३ सेप्टेम्बर सम्म रहेतापनि यस वर्षको मनसु न हालसम्म नै सकिृय भएकोले नेपालको धेरै स्थानमा बदली भई मेघगर्जन सहितको ठूलो वर्षाले , नदीको पानीको बहावमा वृद्धि भएकोले रौतहटमा बाढी आउने सम्भावना देखिन्छ तर आवश्यक सतर्कता अपनाउन पर्ने देखिन्छ । अझै वर्षा अरु तीन दिनसम्म हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारतको दक्षिण क्षेत्रमा रहेको न्यून चापीय रेखा उत्तर पूर्वी क्षेत्रतर्फ परिरहेकाले अझै पानी पर्ने सम्भावना देखिएको मौसमविदहरुले बताएका छन् ।
पानीले गर्दा रौतहटको जनजीवन प्रभावित
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।