रौतहट ।। रौतहटको गरुडामा रहेको श्रीराम सुगर मिल्सका सञ्चालकहरुले छलफल बिना नै मिल बन्द गरेकोले सञ्चालनमा ल्याउनु पर्ने माग गरेका छन् । हाल मिल्स बन्द अबस्थामा रहदा समेत सञ्चालन तर्फ कसैले पहली कदम नचालेकाले संघर्षका कार्यक्रम सहित प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाइ उखु उत्पादक संघ रौतहटले आज ज्ञापन पत्र बुझाएको छ । मिल बन्द भएपछि सो मिलका कामदारहरुको परिवार बिचल्ली हुनुका साथै पाउनु पर्ने भुक्तानी रकम समेत मिलले भुक्तानी नगर्ने संघको ठहर रहेको छ । मिल सञ्चालक र उखु किसानबिच भएको सहमति अनुसार गत चैत्र मसान्तसम्म दिनु पर्ने भुक्तानी अझै बाकी रहेको र श्रमिक मजदुरको उपदान , क्षतिपुर्ति तथा सञ्चयकोष समेत हालसम्म उपलब्ध नभएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । उखु किसानहरुले मिलबाट पाउनु पर्ने ४१ करोड ३ दिनभित्र पाउनु पर्ने , उद्योगबाट पाउनु पर्ने उपदान , क्षतिपुर्ति तथा सञ्चयकोष रकम यथासिध्र उपलब्ध गराउनु पर्ने र उखु किसान , उद्योगपति र नेपाल सरकारको समन्वयमा मिल पुन सञ्चालनमा ल्याउनु पर्ने उखु उत्पादक संघ रौतहटले माग गरेको छ । यी मागहरुलाई २०७७ असोज ९ गतेसम्म सुनुवाइ नभएमा १० गतेबाट आन्दोलनका कार्यक्रम समेत गर्ने संघले जनाएको छ । संघको मागहरु प्रति बेवास्ता गरे १० गतेबाट सडक संघर्षको कार्यक्रमसमेत ज्ञापन पत्रमार्फत नै सार्वजनिक गरेको छ ।
Home प्रदेश समाचार मधेश प्रदेश गरुडास्थित चिनि मिल सञ्चालन गर्न उत्पादक संघ रौतहटले आज ज्ञापन पत्र बुझाए
गरुडास्थित चिनि मिल सञ्चालन गर्न उत्पादक संघ रौतहटले आज ज्ञापन पत्र बुझाए
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।