एजेन्सी ।। भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरुको संख्या बढिरहेको अवस्थामा रहेको छ । भारतमा पछिल्लो २४ घण्टामा थप ८६ हजार ५ सय ८ जनामा कोरोना भाइरसको संकमण पुष्टि भएको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार यसका साथै देशभर कोरोना संक्रमितको जम्मा संख्या ५७ लाख ३२ हजार ५ सय १९ पुगेको छ ।
त्यसतै पछिल्ले २४ घण्टामा भारतमा कोेरोना संक्रमणका कारण ११ सय २९ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार यसका साथै भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको जम्मा संख्या ९१ हजार १ सय ४९ पुगेको छ ।
भारतमा रहेको जम्मा कोरोना संक्रमित मध्ये ४६ लाख ७४ हजार ९ सय ८८ जना उपचार पछि निको भएर घर फर्किएका छन् भने ९ लाख ६६ हजार ३ सय ८२ जनाको उपचार भइरहेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here