एजेन्सी ।। बलिउडका चर्चित अभिनेता तथा गायक हुन् आयुष्मान खुराना । सन् २०१२ मा फिल्म विकी डोनरु बाट फिल्मी यात्रा शुरु गरेका आयुष्मानले हालसम्म धेरै फिल्ममा अभिनय गरिसकेर चर्चामा आइरहेका छन् । 

उनका हरेक फिल्महरु दर्शकले रुचाइरहेका छन् । सबैका प्रिय अभिनेता आयुष्मान बर्ष २०२० को विश्वमा सय प्रभावशाली व्यक्तिमा परेका छन् । 

आफु विश्‍वकै सय प्रभावशाली व्यक्ति’को सूचीमा परेको बारे आयुष्मानले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत जानकारी गराएका छन् । उनले  इन्स्टाग्राममा लेखेका छन्,“टाइम्सको विश्वका १०० सबैभन्दा प्रभावशाली व्यक्तिको सूची सार्वजनिक भैसकेको छ, यो सूचीमा म पर्न सफल भएकोमा गर्व महसुस गरिरहेको छु ।”

उनले टाइम्सले आफुलाई प्रदान गरेको सम्मानप्रति कृतज्ञ रहेको बताएका छन् । टाइम्सको यस सूचीमा भारतबाट अज्य ४ जना व्यक्ति पनि परिसकेका छन् । यस सूचीमा पर्ने भारतिय कलाकारमा आयुष्मान एक मात्र हुन् । 

यसअघि पनि आयुष्मान सन् २०१३ र २०१९ मा ‘फोर्ब्स इन्डिया’ को सेलिब्रिटी १०० सूचीमा परेका थिए । त्यस्तै उनले  सर्वश्रेष्ठ अभिनेताको लागि राष्ट्रिय चलचित्र पुरस्कार पनि पाएका थिए । 

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here