रौतहट ।। रौतहटको गरुडा नगरपालिका–८ जिगडियाका १७ वर्षीय युवक विजयराम चमारको प्रहरी हिरासतमा प्रहरी द्वारा दिइएको चरम यातनाको कारण मृत्यु भएको घटनामा तत्कालीन रौतहट प्रहरी प्रमुख नयाव उपरीक्षक रविराज खडका , डिएसपी ज्ञानकुमार महतो लगायत सई विरेन्द्र यादवलाई प्रहरी विभागले कार्यवाही गर्ने भएको छ ।
एसपी खडकालाई भदौ १८ गते रौतहट प्रहरी प्रमुखबाट जिम्मेवारी हटाई प्रहरी प्रधान कार्यालय नक्साल तानिएको थियो । त्यस्तै इं प्रा.का प्रमुखको जिम्मेवारी खोसी जनकपुर तानिएको थियो ।सोही हत्या काण्डको छानविन समितिले बुझाएको प्रतिवेदनमा एसपी खडका, डिएसपी महतो र सई यादवलाइ कार्यवाही गर्नगरिएको सिफरिस कै बमोजिम कार्यवाही गरिएको स्रोतले जनाएकोछ ।
गरुडा नगरपालिका जींगडिया का २० वर्षीय निरन्जन रामको हत्या गरेको अभियोगमा विजय रामलाइ साउन ३२ गते प्रहरीले पक्राउ गरेको थियो । प्रहरी हिरासतमा रहेकै बेला गम्भीर अवस्था भएपछि उपचारका क्रममा वीरगञ्जमा उनको मृत्यु भएको थियो । मृत्यु भए पछि लगत विजय रामको हत्यामा संलग्नलाई कार्यवाही गर भन्दै दिनहु नारा जुलुस भएको थियो ।
विजय रामको हत्यामा न्यायको लागी आन्दोलनरत रहेको दलित समुदायले एसपी खडका, डिएसपी महतो सहति छौ जना माथीकार्यवाहीको माग गर्दै जाहेरी समेत दिएका थिए ।
राम मृत्यु प्रकरणमा एसपी खडका , डिएसपी महतो र सई यादवलाई विभागले कार्यवाही गर्ने
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।