सिरहा ।। सिरहाको एक मन्दिरमा मन्दिरभित्रै यौनधन्दा सँचालन गर्दै आएको साधु बाबा फरार भएका छन् ।
सिरहाको कर्जन्हा नगरपालिकाको बस्तीपुर स्थित रहेको मन्दिर (कुटि) मा यौनधन्दा चलाउँदै आएका कुटीका पूजारी न्यूज ब्यूरोको स्टीँग अपरेशनको समाचार प्रकाशित भएपछि फरार भएका हुन् ।

ईलाका प्रहरी कार्यालय मिर्चैयाले दिएको जानकारी अनुसार, न्यूज ब्यूरोमा प्रकाशित समाचारलाई आधार बनाएर उनी उपर मुद्दा समेत दायर गरिएको छ भने प्रहरी पुग्दा उनी फरार भएको हो । कैयौं वर्षदेखि कलिला उमेरकी किशोरीहरुलाई विभिन्न प्रलोभन दिएर मन्दिरभित्रै यौनधन्दा चलाएको रहस्य न्यूज ब्यूरोका सिरहा सँवाददाता सबिन यादवले स्टीँग अपरेशन गरी बाहिर ल्याएपछि प्रहरी एक्सन लिएको हो ।
जानकारी अनुसार, बाबा सोमबार नै फरार भएको हो । कुटिभित्रै गाँजाको समेत व्यापार गर्दै आएका पूजारीले विभिन्न ठाउँका युवति, महिलाहरुलाई सम्पर्कमा राखेर मन्दिरभित्रै बोलाई यौनधन्दा चलाउँदै आएका थिए ।

स्टीँग अपरेशनको क्रममा पूजारीले भिडियो प्रमाणमा केही सार्वजनिक निकायका व्यक्तिहरुको समेत नाम लिएका हुन् ।

श्राेत ः न्यूज ब्यूरो

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here