एजेन्सी ।। भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेहरुको संख्या अहिले पनि बढदै रहेको छ ।भारतमा पछिल्लो २४ घण्टामा थप ७५ हजार ८३ जनामा कोरोना भाइरसको संकमण पुष्टि भएको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार यसका साथै देशभर कोरोना संक्रमितको जम्मा संख्या ५५ लाख ६२ हजार ६ सय ६४ पुगेको छ ।
त्यसतै पछिल्ले २४ घण्टामा भारतमा कोेरोना संक्रमणका कारण १ हजार ५३ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार यसका साथै भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको जम्मा संख्या ८८ हजार ९ सय ३५ पुगेको छ ।
भारतमा रहेको जम्मा कोरोना संक्रमित मध्ये ४४ लाख ९७ हजार ८ सय ६८ जना उपचार पछि निको भएर घर फर्किएका छन् भने ९ लाख ७५ हजार ८ सय ६१ जनाको उपचार भइरहेको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।