काठमाडौं ।। बलिउड अभिनेता सुशान्त सिंह मृत्यु प्रकरण छानविनको क्रममा खुलासा भएको ड्रग्स प्रकरणमा बलिउडका एकपछि अर्को हाई प्रोफाइलका नायिकाहरु तानिन थालेका छन् । सुशान्त सिंहकी गर्लफ्रेन्ड रिया चक्रवर्तीले नार्कोटीस कन्ट्रोल ब्युरोसँगको बयानका क्रममा बलिउडका २५ ड्रग्स प्रयोगकर्ताको नाम उल्लेख गरेसँगै बलिउडका एक पछि अर्का नायिकाको नाम जोडिएर आउन थालेको छ।

ड्रग्स केससँग जोडिएकी जया शाहासँग सोमबार ब्यूरोले गरेको सोधपुछपछि उनको कम्पनी क्वानकी मेनेजर करिश्मासँग बलिउडकी चर्चित अभिनेत्री दिपिका पादुकोणको च्याटको बारेमा जानकारी मिलेको थियो । यो प्रकरणसँगै दिपिका पादुकोण पनि ड्रग्स केशमा तानिने सम्भावना बढेको भारतीय मिडियामा उल्लेख छ । 

ड्रग्स प्रकरणमा पादुकोणसहित यसअघी सुशान्त सिंहसँग काम गरिसकेकी अभिनेत्री श्रद्धा कपुरको नाम समेत तानिइसकेको छ। सिंहसँग कपुर पनि ड्रग्स लिने गरेको स्वयं रियाले ब्युरोलाई बताइकी थिइन। एकपछि अर्को चर्चित नाम ड्रग्स प्रकरणमा जोडिन थालेपछि नार्कोटीस कन्ट्रोल ब्यूरोले थप अनुसन्धान गर्दै सोधपुछका लागि बोलाउने तयारी गरेको पनि बताइएको छ। 

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here