रौतहट ।। ठगि र आपराधिक बिश्वासघात सम्बन्धि कसुर मुद्धामा रौतहट जिल्ला अदालत गौरले दुई जना लाई पक्राउ पुर्जी जारी गरेको छ । रौतहटको माधबनारायण नगरपालिका वडा नम्बर ५ मिठुअवा घर भई चन्द्रपुर वडा नम्बर ४ बस्ने ३६ बर्षिय राजिनन्द साह र साबिक राजपुर फरहदवा– २ घर भई चन्द्रपुर वडा नम्बर ५ निबासी ४२ बर्षिय राकेश कुमार लाई जिल्ला अदालत गौरले पक्राउ पुर्जी जारी गरेको छ ।
ती दुबै बिरुद्ध होटल फास्ट ट्रयाक प्रा।लि को अध्यक्ष सुनरपतिया देबीले अदालतमा जाहेरी दिएकी थिइन । नेपाल सरकार वादी रहेको उक्त मुद्धामा दुबैलाई पक्राउ पुर्जी जारी छ ।होटल फास्ट ट्रयाक प्रा।लि को नाममा चन्द्रनिगाहपुरमा रहेको राकेश कुमारको नाउँको कित्ता नम्बर २१७१ ज।वि ३ कठ्ठा २ धुर ४ कन्वा र कित्ता नम्बर ५९८ को ज।वि ३ कठ्ठाको घर जग्गा रु १६ करोडमा खरिद बिक्रि गर्ने सहमती भएको अध्यक्ष सुनरपतिया देबीले बताएकी छिन ।
फरार रहेका राजिनन्द साहकै संलग्नतामा २०७५ फागुण २९ गते सो घर सहितका कित्ता जग्गाहरु रजिस्ट्रेसन पारित भएको केही समय पछि राकेश कुमारले आफ्नो छोरी बाट अंश तथा लेखत बदर मुद्दा जिल्ला अदालतमा दायर गरेका थिए । अंशको मुद्दा अदालतमा दायर भएपछि उक्त जमिन फिर्ता भएको थियो ।राकेश कुमारले होटल फास्ट ट्रयाक प्रा।लि लाई बिपक्षी बनाई चेक अनादर मुद्धा समेत रौतहट जिल्ला अदालतमा दर्ता दायर गरी उक्त मुद्धाहरु चलिरहेकोमा होटलका कार्याकारी अधिकृत ९बिचौलिया०राजिनन्द साहले राकेश कुमारको मिलेमतोमा कम्पनिलाई नोक्सानी पु¥याउने षड्यन्त्र गरि बैना कागजको शर्त बिपरित भनि राकेश कुमारले बुझाउनुपर्ने लाभकर रकम रु १९ लाख ८३ हजार १ सय अधिकार बिपरित कम्पनिको रकमबाट तिरी आफु समेतका मानिसहरुका नाममा चेककाटी लिनेदिने गरेको अध्यक्ष देबीले बताएकी छिन ।
कम्पनीको खाता कागजात समेत लुकाई ठगी लगायतका कसुर गरेकोले सुनरपतिया देवीले राकेश कुमार साह र राजिनन्द साह बिरुद्ध मुद्धा दायर गरेकी हुन । सो घर जग्गा खरिद गर्दा सम्झौता तथा कानुन अनुसार लाभान्स कर घरजग्गा बिक्रेता राकेश कुमारले तिर्नु पर्नेमा सुनरपतिया देवीलाई कुनै प्रकारको जानकारी नगराई राजिनन्द साह र जमिन बिक्रेता राकेश कुमारले एक आपसमा मिलेमतो गरी सो घर जग्गा खरिद बिक्रिको रजिस्ट्रसन गरेको मिति २०७५ फागुण २९ गते राजिनन्द साहले होटलको नेपाल क्रेडिट एण्ड कर्मसल बैक लिमिटेडको चेकबाट लाभान्स कर बापतको रकम १९ लाख ८३ हजार १ साय बराबरको चेक राकेश कुमारलाई दिएका थिए । सो रकम राकेश कुमारले भुक्तानी लिइ सोही मितिमा नेपाल बैक लिमिटेड चन्द्रपुर मार्फत मालपोत कार्यालय चन्द्रपुरको खातामा रु १९ लाख ८३ हजार ६७ रुपैयाँ जम्मा गरेरे मिलोमतोमा होटललाई नोक्सान पु¥याएको सुनरपतिया देवीले आरोप समेत लगाएकी छिन् । यता अभियुक्त राजिनन्द कुमार साहले होटल फास्ट ट्रयाक प्रा।लिको कार्यकारी अध्यक्षमा मलाई नियुक्ति गरेकोमा राकेश कुमारको नाउँमा रहेको चन्द्रपुर नगरपालिका वडा नम्बर ५ स्थितको रहेको घर जग्गा,होटल फास्ट ट्रयाक पा।लि कम्पनीले खरीद गर्ने गरी बैना कागज समेत भएको स्वीकारेका छन । सो घर जग्गा राकेश कुमारले बैंकमा धितो राखी ं१ करोड ४० लाख रुपैया ऋण लिएको र फुकुवा गराउन हाम्रो सहमतिमा पास गर्नु अगाडी मालपोत कार्यालय चन्द्रनिगाहपुरमा पास गराउन आउदा प्रा।लिको खातामा रकम नभएकोले १६ करोड रुपैयाँ बराबरको बिभिन्न मितिमा नम्बर याद नभएको चेक काटि दिएको समेत साहले बताए ।
जसमा २ करोड ९३ लाख ७० हजार को चेकको रकम बाहेकको अन्य उल्लेखित चेकमा भएको भुक्तानी गरेको र बाँकी रकम कम्पनीको संचालकको छोरा दिनेश साहले अमेरीकाबाट कम्पनीको खातामा पठाईदिन्छु भनेकोमा रकम नपठाई दिएको कारण मैले राकेश कुमारलाई चेक काटि दिएको २ करोड ९३ लाख ७० हजार रकम नभएपछि राकेश कुमारले सो चेक ३ पटक सम्म बैकबाट बाउन्स गराई जिल्ला अदालतमा चेक अनादर शीर्षकमा मुद्दा दर्ता गराएका थिए । यता राकेश कुमारका अनुसार,बिक्रि गर्नुपर्ने घर जग्गा धितो राखी रु १ करोड ४० लाख रुपैया ऋिण लिएकोमा सो घर जग्गा फुकुवा गराउने प्रयोजनको लागि होटल फस्ट ट्रयाक प्रा।लिका कार्यकारी अधिकृत राजनन्द साहबाट घर जग्गा पास गर्नु भन्दा अगाडी उतm रकमको चेक लिई घर जग्गा फुकुवा गराई मिति २०७५ फागुण २९ गते पास गरेको बताएका छन ।सो प्रा।ली।को खातामा रकम नभएको प्रा।लीका कार्यकारी अध्यक्ष राजिनन्द साहसंग मौखिक सहमति अनुसार बाँकी रकम मैले पाउने गरी मेरो घर जग्गा उक्त प्रा।लिको नाउमा उधारो पास गरि सोही मितिमा राजिनन्द साहले फरक–फरक मितिमा एनसीसी बंैक सिमरा बाराको चल्ती खाताबाट एक हप्ता पछि १० करोड त्यसको एक महिना पछाडी १ करोड,२ करोड ९३ लाख ७० हजार,२ लाख ३० हजार र रु ५० लाख समेतको चेक काटि दिएकोमा २ करोड ९३ लाख ७० हजार फाट गरी ठगी गरेको हुदा निजहरुलाई कानुन बमोजिम सजाय दिन अदालतमा मुद्दा दायर गरेको राकेश कुमारले बताएका छन ।
होटल फास्ट ट्रयाक पा।लिको अध्यक्ष सुनरपतिया देबिको अनुसार घर जग्गा पास भएको दिन राकेश साहलाई रु २ करोड ९३ लाख रकम दिएको बताएकी छिन । त्यसपछि घर जग्गा पास भएको १ महिना भित्रमै चन्द्रनिगाहपुर मालपोत कार्यालयमा सम्झौता भए अनुसार १४ करोड ९३ लाख रकम समेत राकेश साहलाई दिएको उनको भनाई रहेको छ । त्यसको २ महिना लगतै मेरो छोरा दिनेश साह अमेरीकाबाट नेपाल आएको बेला व्यक्तिगत खाताबाट पुन २ करोड ४५ लाख रुपैया भुक्तानि दिएको सुनरपतिया देवीले बताएकी छिन । त्यसपछि हामी बिच कुनै प्रकारको लेनदेन थिएन । बिचौलिया राजिनन्द साहको नियत खराब देखिएपछि उनले राकेश कुमारलाई पुरानो मितिमा चेक काटेर सोही चेक ४ महिना पछि राकेश र राजिनन्दको मिलोमतोमा बाउन्स गराउनुमा सो होटलका अध्यक्ष सुनरपतिया देवीले आपत्ती जनाएकी छिन् । हाल ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएसपी हेम बहादुर शाहीले सो ठगी मुद्धाको बिभिन्न अनुसन्धान पश्चात सम्मानीत अदालतबाट राकेश साह र राजिनन्द साह बिरुद्ध पक्राउ पुर्जी पटक–पटक जारी हुदै आएको छ । हाल सम्म ती प्रतिबादीहरु फरारनै रहेका छन् । हामी छिट्टै दुबैलाई नियन्त्रणमा लिएर कार्वाही गर्ने बताएका छन् यो समाचार प्रदेश अनलाइन खबरमा छापिएको छ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here