काठमाडाैं ।। चिनियाँ बन्दरगाह प्रयोग गरेर रसायनिक मल ल्याउन सरकारले प्रक्रिया सुरु गरेको छ । चीनबाट स्थलमार्ग भएर मल आयात गरी आपूर्तिको सजताबारे परीक्षण गर्न लागिएको हो । तातोपानी र केरुङ नाका प्रयोग गरेर ५ हजार मेट्रिकटन डीएपी मल ल्याउन कृषि समाग्री कम्पनी लिमिटेडले बोलपत्र आह्वान गरेको हो ।बोलपत्र स्वीकृत भएको बढीमा ७० दिनभित्रै मल धुलिखेल, काठमाडौं र त्रिशुलीको गोदाममा भित्र्याइ सक्नेगरी परीक्षणको रुपमा प्रक्रिया थालिएको कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीले जानकारी दिनुभयो । चिनियाँ सामुन्द्रिक पोर्ट र स्थलमार्ग भएर नेपालले पहिलोपटक मल ल्याउन प्रयास गरेको कम्पनीले जनाएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here