काठमाडौं ।। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक स्थगित भएको छ । आज दिउँसो १ बजे पेरिसडाँढामा बस्ने भनिएको सचिवालय बैठक अन्तिम समयमा आएर स्थागित भएको हो । अब अर्को बैठक पेरिसडाँडामा नभएर बालुवाटरमै बस्‍ने नेकपाका एक सचिवालय सदस्यले जानकारी दिए । 

पेरिसडाँडामा आइतबारबाट सचिवालय बैठक सुरु भएको हो । आज १ बजे बस्‍ने गरी हिजोको बैठक टुंगिएको थियो । ‘‘हाम्रो पार्टी नेकपाको आज अपराह्‍न १ बजे पेरिसडाँडामा बस्‍ने गरी तय भएको केन्द्रीय सचिवालयको बैठक भोलि असोज ६ गते १२.३० बजे बालुवाटारमा बस्‍ने भएको छ,’’ ती सदस्यले भने ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here