एजेन्सी ।। छिमेकी मुलुक भारतमा कोरोना संक्रमण तिव्र गतिमा बढिरहेको छ । भारतमा पछिल्लो २४ घण्टामा थप ८६ हजार ९ सय ६१ जनामा कोरोना भाइरसको संकमण पुष्टि भएको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार यसका साथै देशभर कोरोना संक्रमितको जम्मा संख्या ५४ लाख ८७ हजार ५ सय ८१ पुगेको छ ।
त्यसतै पछिल्ले २४ घण्टामा भारतमा कोेरोना संक्रमणका कारण ११ सय ३० जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार यसका साथै भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको जम्मा संख्या ८७ हजार ८ सय ८२ पुगेको छ ।
भारतमा रहेको जम्मा कोरोना संक्रमित मध्ये ४३ लाख ९६ हजार ३ सय ९९ जना उपचार पछि निको भएर घर फर्किएका छन् भने १० लाख ३ हजार २ सय ९९ जनाको उपचार भइरहेको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।