एजेन्सी ।। भारतमा कोरोना संक्रमितको संख्या ५० लाख नाघेको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा थप ९० हजार १ सय २३ जना कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार यसका साथै भारतमा कोरोना संक्रमितको जम्मा संख्या ५० लाख २० हजार ३ सय ६० पुगेको छ ।
त्यसतै भारतमा पछिल्लो २४ घण्टामा थप १ हजार २ सय २९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । यो सँगै भारतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको जम्मा संख्या ८२ हजार ६६ पुगेको छ ।
भारतमा कुल संक्रमित मध्ये ९ लाख ९५ हजार ९ सय ३३ जना अझै पनि उपचार गराइरहेको अवस्थामा रहेका छन् भने ३९ लाख ४२ हजार ३ सय ६१ जना उपचार पछि निको भएर घर फर्किएका छन् ।
भारतमा दैनिक सङ्क्रमितको अवस्था उच्च रहेको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।