File Photo

नवलपरासी पश्चिम ।। नवलपरासी पश्चिमको नारायणी नदिमा डुङ्गा डुबेर एक पुरुष बेपत्ता भएको छ । सुस्ता गाउँपालिका वार्ड नं.-५ पक्लिहवाको अनुमोघाट बाट नदि पारी सुस्तामा जनता आवास बनाउनको लागि इट्टा बोकेर जादै गरेको डुङ्गा नारायणी नदिमा डुबेपछि डुङ्गामा काम गर्ने एक ब्यक्ति नदिमा डुबेर बेपत्ता भएको हो ।

डुङ्गामा ७ जना काम गर्ने ब्यक्तिहरु रहेका थिए भने ६ जना आफै पौडी खेलेर निस्केका छ्न । नारायणी नदिमा डुबेर बेपत्ता भएको ब्यक्तिको खोजी कार्य भइरहेको र बेपत्ता भएको ब्यक्ति भारतीय नागरिक अन्दाजी बर्ष ३२ को पुरुष रहेको र उनको थप पहिचान नखुलेको प्रहरी चौकी रामनगरले जनाएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

Leave a Reply