ओखलढुङ्गा ।। ओखलढुंगामा बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । चम्पादेवी गाउँपालिकाकी एक १६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा सोही गाउँपालिकाका तीन जना पक्राउ परेका हुन् ।पीडित पक्षले प्रहरीमा दिएको जाहेरीका आधारमा १४ र १६ वर्षका दुई बालकसहित १८ वर्षका एक किशोरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक मिलन बस्नेतले बताउनुभयो । प्रहरी चौकी घोराखोरीको टोलीले आरोपित तीनै जनालाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा ल्याएको छ

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here