काठमाडौं ।। नेपालमा पछिल्लो २४ घण्टायता १४५९ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ५६७८८ पुगेको छ।
स्वास्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेशवर गौतमले जानकारी दिएको छ ।
मन्त्रालय प्रवक्ता डा. गौतमका अनुसार १०६२ जना कोरोना संक्रमणमुक्त भएका छन्। यससँगै हालसम्म कोरोनामुक्त हुनेको संख्या ४०६३८ पुगेको छ।
हाल सक्रिय संक्रमितको संख्या १५७७९ छ। त्यसमध्ये ८१३९ जना संस्थागत आइसोलेसनमा र ७६४० जना होम आइसोलेसनमा रहेका छन्।
त्यसैगरी क्वारेन्टिनमा ७२५० जना रहेका छन्। पछिल्लो २४ घण्टामा १०३७५ वटा पीसीआर नमूना परीक्षण भएको छ।
पछिल्लो २४ घण्टामा ११ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाएको छ मन्त्रालयका अनुसार मृत्यु हुनेमा चार महिला र सात पुरुष छन्।
सर्लाहीका ६४ वर्षीय पुरुष, सिरहाकी ३५ वर्षीया महिला, बाराका ५५र५५ वर्षका एक महिला र एक पुरुष, काठमाडौँका ८६ वर्षीया महिला र ३४, ९६ र ६६ वर्षीय पुरुष, मकवानपुरका ६१ वर्षीय पुरुष, रुपन्देहीकी ६४ वर्षीया महिला र कपिलवस्तुका ५८ वर्षीय पुरुषको कोरोनाबाट ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यो सँगै ज्यान गुमाउनेको सङ्ख्या ३७१ पुगेको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिनुभयो ।
काठमाण्डु उपत्यकामा ६ ७३ जनामा कोरोना संक्रमण पुष्टि
काठमाण्डु उपत्यकामा पछिल्लो २४ घण्टामा ६७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका प्रवक्ता डा। गौतमका अनुसार काठमाण्डुमा ५५५, ललितपुरमा ३५ र भक्तपुरमा ८३ जना रहेका छन् ।यो सहित काठमाण्डु उपत्यकामा संक्रमितको संख्या १२ हजार ९ सय २१ पुगेको प्रवक्ता डा। गौतमले जानकारी दिए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here