कठमाडौं ।। नेपालमा पछिल्लो २४ घण्टामा थप १०३९ जनामा कोरोना भाइरसको संक्रमण्ण पुष्टि भएको छ । यसका साथै दशभरि कोरोना सक्रमितको जम्मा संखया ५४ हजार १५९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। पछिल्लो २४ घन्टामा थप ११७३ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म ३८ हजार ६९७ उपचारपछि निको भएका छन्।
नेपालमा १५ हजार एक सय १७ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै ६ हजार पाँच सय ३६ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।
यस्तै गएको २४ घण्टामा नौ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन सय ४५ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।
काठमाडौं उपतयकामा ५सय ९७ जना कोरोना संक्रमित थपिए
काठमाण्डौ उपत्यकामा पछिल्लो २४ घण्टामा पाँच सय ९७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाण्डौमा चार सय ८३ जना, भक्तपुरमा ८१ जना र ललितपुरमा ३३ जना कोरोनाका सङ्क्रमित थपिएका छन् ।
नेपालमा पछिल्लो २४ घण्टामा थप १०३९ जनामा कोरोना भाइरसको संक्रमण्ण पुष्टि
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।