काठमाडाैं ।। इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुलले सुखद सुरुवात गरेको छ । गएराति भएको सिजनको पहिलो खेलमा लिड्स युनाइटेडलाई ४₋३ गोल अन्तरले पराजित गर्दै लिभरपुलले सुखद सुरुवात गरेको हो । च्याम्पियनसिपको उपाधि जित्दै प्रिमियर लिगमा बढुवा भएको लिड्सले भने हारबाट सिजनको सुरुवात गरेको छ । इपियलमा आर्सनलले सानदार सुरुवात गरेको छ । शनिबार फुलहमलाई ३₋० गोल अन्तरले पराजित गर्दै आर्सनलले सानदार सुरुवात गरेको हो । जितसँगै आर्सनलले पहिलो खेलमै ३ अंक जोडेको छ । आर्सनल तालिकाको शीर्ष स्थानमा रहेको छ ।यस्तै,क्रिस्टल प्यालेसले साउथह्याम्पटनलाई १₋० ले पराजित गर्दै सुखद सुरुवात गरेको हो । घरेलु मैदानमा क्रिस्टललाई जित दिलाउन विल्फ्रिड जाहाले निर्णायक गोल गर्नुभएको थियो । जितसँगै क्रिस्टलले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ । क्रिस्टल लिगको दोस्रो स्थानमा समेत उक्लिएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here