काठमाडौं ।। भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या अहिले सम्मकै सवैभन्दा बढी पुगेको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा थप ९६ हजार ५ सय ५१ जनामा कोरोना भाइरसका संक्रमण पुष्टि भएको छ । यसका साथै भारतमा कोरोना भाइरबाट संक्रमित हुनेहरुको जम्मा संख्या ४५ लाख ६२ हजार ४ सय १५ पुगेको छ ।
त्यस्तै भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ हजार २०९ जनाको मृत्यु भएको छ । भारतमा अहिले सम्म कोरोना भाइरसका कारण मृत्यु हुेको कुल संख्या ७६ हजार २ सय ७१ पुगेको छ ।
कुल सङ्क्रमित मध्ये नौ लाख ४३ हजार ४८० जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने अरु ३५ लाख ४२ हजार ६६४ जना सङ्क्रमणमुक्त भइसकेका छन् ।
भारतका प्रदेशहरु मध्ये सवैभन्दा धेरै महाराष्ट्र प्रदेश प्रभावित भएको छ । महाराष्ट्र प्रदेशमा मात्रै अहिले पनि दुई लाख ५३ हजार एक सय मानिस कोरोनाभाइरसबाट प्रभावित भएका सक्रिय सङ्क्रमित रहेका छन् ।
महाराष्ट्रमा मात्रै अहिलेसम्म कुल छ लाख ८६ हजार ४६२ जना सङ्क्रमित भएका छन् भने अरु २७ हजार ७८७ जनाको कोरोनाकै कारण मृत्यु भएको छ । त्यसैगरी दोस्रो धेरै प्रभावित भएको आन्द्र प्रदेशमा ९७ हजार २७१ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् । यस प्रदेशमा अहिलेसम्म कुल चार लाख २५ हजार ६०७ जना सङ्क्रमित भएका छन् भने चार हजार ६३४ जनाको मृत्यु भएको छ ।
भारतमा एकैदिन ९६ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।