जुम्ला ।। कर्णाली प्रदेश सभा सदस्य तथा लेखा समितिका अध्यक्ष दीनबन्धु श्रेष्ठलाई कोरोना संङ्क्रमण देखिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा गरिएको स्वाब परीक्षणमा उहाँलाई संक्रमण देखिएको हो । कोरोना पुष्टि भएपछि होम आइसोलेनमा बसेको सांसद श्रेष्ठले बताउनुभएको छ । उहाँले स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिनुभएको छ । उहाँको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पाल जुम्लामा स्वाब परीक्षण गर्ने क्रममा नतिजा पोजेटिभ आएको सांसद श्रेष्ठले जानकारी दिनुभएको छ । उहाँको हिजो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाव परीक्षण गरिएको र नतिजा पोजेटिभ आएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले पुष्टि समेत गरेको छ । टेलिफोनमा सांसद श्रेष्ठले आफु अहिले जुम्लामा भएको वेला स्वाब परीक्षण गर्दा नतिजा पोजेटिभ आएको र अहिले होम आईसुलेशनमा बसिरेहेको जानकारी दिनुभयो ।
कर्णाली प्रदेश सभा सदस्य श्रेष्ठ कोरोना सङ्क्रमण
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।