काठमाडौं ।। संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आफनो जन्मदिनको उपलक्ष्यमा एसिड पीडित मुस्कान खातुनलाई आर्थिक सहयोग गर्नुभएका छन् ।
मन्त्री भट्राईको सचिवालयका अनुसार भट्टराईले उनलाई ५० हजार रुपैयाँ नगद सहयोग हस्तान्तरण गरेका छन् । ९ कक्षामा अध्ययनरत खातुनलाई अध्ययन खर्चमा सहयोग पुगोस् भनेर मन्त्री भट्टराईले आफ्नो जन्मदिनका अवसरमा सहयोग गरेको उनका सहयोगी प्रेम गुरागाईंले जानकारी दिएका छन् ।
पछिल्लो वर्ष भदौ २० गते घरबाट विद्यालय जाँदै गर्दा वीरगञ्जमा खातुनमाथि दुई युवकले एसिड प्रहार गरेका थिए । एसिड प्रहारबाट घाइते भएकी उनको अहिले पनि उपचार जारी रहेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here