एजेन्सी ।। भारतमा कोरोना संक्रमितको संख्या ४१ लाख भन्दा बढी पुगेको छ । आज भारतमा पछिल्लो २४ घण्टामा ९० हजार ६ सय ६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो अहिले सम्मकै सबै भन्दा बढी संक्रकित भेटिएका छन् । यसका साथै भारतमा जम्मा कोरोना संक्रमितको संख्या ४१ लाख १३ हजार ८ सय १२ पुगेको छ ।
केन्द्रीय स्वास्थ्य तथा परिवार मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ हजार ६५ जनाको मृतयु भएको छ । यसका साथै भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको जम्मा संख्या ७० हजार ६ सय २६ पुगेको छ ।
भारतमा रहेको जम्मा कोरोना संक्रमित मध्ये ३१ लाख ८० हजार ८ सय ६६ जना उपचार पछि निको भएर घर फर्किएका छन् । भने ८ लाख ६२ हजार ३ सय २० जना उपचार गराइरहेका छन् ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।