भक्तपुर ।। भक्तपुरमा कोरोना भाइरस सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । पाटन अस्पतालमा उपचाररत मध्यपुर थिमि नगरपालिका वडा नं. ६ चपाचो बस्ने ४० वर्षीया महिलाको गएराति दुई बजे मृत्यु भएको हो । मृतक महिलामा भाद्र ४ गते कोरोना भाइरस सङ्क्रमण भएको पुष्टि भएको थियो ।मृतक महिलाको दुवै मृगौलाले काम नगरेपछि अस्पतालमा डायलासिस गर्न जाँदा कोरोना परीक्षण गरेको मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदन सुन्दर श्रेष्ठले जानकारी दिनुभयो ।कोरोना भाइरस संक्रमण भएपछि गम्भीर बनेकी उनको उपचारकै क्रममा मृत्यु भएको नगर प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here