रौतहट ।। रौतहटको एक पुरुषको सीमावर्ताी भारतीय क्षेत्रमा हत्या भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार इशनाथ नगरपालिका–७ घिउरा बस्ने ३५ वर्षीय दिनदयाल साहको गोली प्रहारबाट मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी भरत श्रेष्ठका अनुसार, सीमावर्ती भारत बिहार घोडाशहन क्षेत्रमा साहको कन्चटमा गोली हानी हत्या भएको हो ।मृतकको शव भारत मोतिहारी अस्पतालमा पोष्टमार्टमका लागि भारतीय प्रहरीको सहयोगमा लगिएको छ ।
प्रहरीका अनुसार, हत्याको कारण भन्ने खुल्न सकेको छैन ।भारतीय क्षेत्रमा नेपाली नागरिकको हत्याबारे सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न पीडित परिवारले माग गरेका छन् ।
घटना बारे आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here