रौतहट ।। रौतहट जिल्लाकाको मध्य भाग गरुडामा रहेको इलाका प्रहरी कार्यालयको हिरासत कक्षमा प्रहरीको यातनाको कारन मृत्यु भएका गरुडा नगर पालिका वड़ा नम्बर ८ जिगाडि़याका १९ वर्षीय विजय राम चमारको परिवारलाइ नेपाली कांग्रेस जिल्ला कार्य समिति रौतहटले नगद सहयोग गरेका छन । जिल्ला सभापति कृष्णा प्रसाद यादव पीडि़तको घरमा पुगेर एक लाख एक हजार रुपैया आर्थिक सहयोग गरेका हुन ।
श्रावण ३१ गतेका दिन हत्या गरिएका स्थानीय २० वर्षीय निरंजन राम चमारको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका ७ जना मध्ये रामको चरम यातना तथा प्रहरीको निर्घट कुटाईबाट उपचारको क्रममा १० गते बुधवार राति १ बजेको समयमा वीरगंजमा मृत्यु भएको थियो ।
अनुसन्धानको क्रममा हिरासतमा रहेका रामलाइ इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक ज्ञान कुमार महतोले २ जना शदा पोषक को प्रहरी लगाएर बूट , रड , लगायतका हाथ हथियार प्रयोग गरी गरेको निर्घट कुटपिटबाट मृगौलामा समस्या आई युवक रामको मृत्यु भएको चिकिस्तकले पुस्टि गरिसकेको छ । घटनाका वास्तविक दोषी सच नर्सरीका साहूलाइ आर्थिक लोभमा परी जोगाउने उदेश्यले निर्दोष माथि गरिएको दमन शोषणको विरुद्धमा नेपाली कांग्रेसले जोड़दार आवाज उठाउने सभापति यादवले आश्वासन दिनु भएका छन ।
मानव अधिकारको घोर उलंघन गर्ने डीएसपी महतोलाइ छिटै निलंबन गरी कÞानूनी कार्यवाही गर्नु पर्ने मांग समेत गरे । घटनाको छानविन गर्नका लागि उच्च स्तरीय छानविन समिति गठन गर्नु पर्ने , पीडि़त परिवारलाई राहत उपलब्ध गर्नु पर्ने , दोषी प्रहरीलाइ कÞानूनी दायरा ल्याई मृतकलाइ शहीद घोषणा गर्नु पर्ने लगायतका मांग राख्दै कांग्रेसले जिल्ला प्रशासन कार्यालय मार्फत सरकारलाइ ज्ञापन पत्र समेत बुझाएका छन ।
यस्तै गरुडा नगरपालिकाका नगर प्रमुख इन्नु राय यादवले हत्या गरिएका दुवै जना निरंजन राम तथा विजय राम चमारको परिवारलाइ एक एक लाख रुपैया आर्थिक सहयोग दिने घोषणा गर्नु भएको छ ।
प्रदेश सांसद वब्बुल कलाम आजादले दुवै जनाको परिवारलाइ १५ हजारका दरले नगद सहयोग गर्नु भएको छ भने नेपाल सुन चाँदी व्यवसायी संघका केंद्रीय सदस्य रहेका रामजी साहले ३१ हजार रुपैया विजय रामको परिवारलाइ उपलब्ध गर्नु भएको हो ।
मानवीय धर्मलाइ पखा लगाउदै अमानवीय कार्य गरेका डीएसपी महतोलाइ कड़ा कड़ा भन्दा कड़ा कÞानूनी कार्यवाही गर्नको लागि चौतर्फी रुपमा मांग भइरहेका छन ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here