राैतहट ।। रौतहट जिल्लाको ईशनाथ नगरपालिका वड़ा नम्बर ९ लवतना टोलबाट सशस्त्र प्रहरी बलको टोलीले विहिवार पुनः नगद सहित एक जना युवकलाइ पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल ११ नम्बर गणका सशस्त्र प्रहरी नायव उपरीक्षक नरेश भण्डारीको कमाण्डमा रहेको अनुगमन टोलीले स्रोत नखुलेको ६ लाख ४० हजार रकम सहित एक जना युवकलाइ पक्राउ गरेको हो ।
यस अघि सोही वड़ा ठाउवाट सशस्त्र प्रहरी उपरीक्षक सूर्य बहादुर सेन ओलीको नेतृत्वको अनुगमन टोलीले २८ लाख ५१ हजार ९६० रुपैया सहित एक जनालाइ पक्राउ गरेको थियो ।
२४ घण्टा भित्रै सोही नाका भएर नेपाल आउने क्रममा स्रोत नखुलेको थप रकम बरामद हुनु अवैध रकमको कारोबार भैरहेको पुस्टि गरेको छ । २ दिनमा सशस्त्र प्रहरीको टोलीले ३४ लाख ९१ हजार ९६० रुपैया सहित २ जनालाइ समात्न सफल भएका छन ।
नेपाल प्रहरी भने मुख ताकेर बसिरहेको छन । सीमामा शांति सुरक्षाको निमित स्थापना गरिएको नेपाल प्रहरी र सशस्त्र प्रहरी मध्ये एउटा टीम धमाधम अवैध रकम पक्राउ गर्दै छन भने अर्को तस्करी गराउने कार्यमा मस्त रहेका छन ।
स्रोत नखुलेको रकम सहित पक्राउ पर्नेमा स्थानीय ईशनाथ नगरपालिका वड़ा नम्बर २ औरैया बस्ने लक्ष्मण साहको छोरा १६ वर्षीय मनोज कुमार साह रहेको सशस्त्र प्रहरी बल ११ नम्बर गण रौतहटले जनाएको छ ।
बी आर ३० एफ ९२०८ नम्बरको मोटरसाइकलमा भारतबाट नेपाल तर्फ आउदै गर्दा चेक जांच गर्ने क्रममा उक्त स्रोत नखुलेको नेपाली रुपैया बरामद भएको हो । चेक जांच गर्ने क्रममा बरामद भएको नगदमा १ हजारको नोट ६२३ थान , ५०० को नोट ३१ थान , १०० को ११ बटा ,२५० को ८ बटा गरी ६ लाख ४० हजार रुपैया रहेको छ ! पक्राउ परेका साह सहित नगद र मोटर साइकल कार्यवाहीको लागि जिल्ला भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।
बंजरहा ,औरैया ,मठिया नाका भएर खुलेयाम रुपमा अवैध कारोबार हुने गरेको छ । चीनी ,का‘स्मेटिक सामान , मालखाद , रक्सी , कपडा , इलेक्ट्रा‘निक सामानको समेत तस्करी हुनुको साथै हुण्डी कारोबार समेत हुने गरेको छ । यस अघि नेपाल प्रहरीले १८ लाख नगद रुपैया बरामद गरेको थियो ।
पछिलो समय लकडाउनको मौकाको फायदा उठाउदै तस्करहरुले भारतीय सिमा सुरक्षा बल र नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा तस्करी गर्दै आएका छन । नेपाल भारत सीमामा दुवै देशका सुरक्षाकर्मीहरु गस्ती गरिरहेको हुदा पनि तस्करीको सामान सिमा भित्रबाट समातिनु तस्करीको कार्यमा सुरक्षाकर्मी कै संलग्नता रहेको पुस्टि भैरहेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here