रौतहट ।। रौतहट जिल्लाको परोहा नगरपालिका वड़ा नम्बर ८ बाट हराएको एक जना नाबालक बालक ६ महीना पछि परिवारको जिम्मा लगाइएको छ । गएको २०७६ साल माघ महीना १८ गते देखि हराएको बालक बुधवार परिवारको जिम्मा लगाइएको हो ।
स्थानीय वड़ा नम्बर ८ बस्ने शेख जुनैदको १२ वर्षीय छोरा शेख जफर इमाम हराएको सुचना पछि तत्कालीन प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे , नेपाल प्रहरी र ग्रामीण विकास केन्द्र नेपालका कोषाध्यक्ष ममता झा को सामूहिक प्रयासबाट उद्दार गरी सुरक्षित रुपमा राखिएको भारतको बिहार राज्यको दरभंगा स्थित बाल गृहबाट सकुसल रुपमा ल्याएर प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको रोहावरमा परिवारलाइ जिम्मा लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।





