रौतहट ।। जिल्ला प्रशासन कार्यालय रौतहटले हिन्दू समुदायको महिलाहरु तथा मुस्लिम समुदायको मुहर्रम पर्व सामूहिक रुपमा भेला भएर मनाऊंन प्रतिवन्ध लगाएको छ ।
विगत केहि दिन देखि तीव्र रुपमा रौतहटमा कोभीड़ १९ को संक्रमण देखा परेकोले सामूहिक रुपमा भेला भएर पर्व मनाएमा संक्रमणको जोखिम बढ़न सकिने खतरा रहेकोले घर बाहिर भेला भएर पर्व मनाऊंन प्रशासनले प्रतिवन्ध लगाएको हो ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव द्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ हिन्दू महिलाहरुले मनाउने हरितालिका तीज , गणेश चतुर्थी ,ऋषि पंचमी पर्व तथा इस्लाम धर्मालम्वीहरुको मुहर्रम पर्व घर बाहिर मनाऊंन प्रतिवंध लगाइएको हो ।
कोभीड़ १९ को संक्रमण बढ़ने जोखिम भएकोले खुल्ला रुपमा भेला गरी पर्व नमनाऊँन आग्रह गरिएको छ । सामाजिक दुरी , स्वास्थ्य सुरक्षाको मापदंड पूरा गर्दै मास्कको प्रयोग अनिवार्य गर्नु पर्ने समेत अपील गरिएको छ ।
जिल्ला सुरक्षा समितिको निर्णय अनुसार घर बाहिर जम्मा भेला भई पर्व मनाऊंन प्रतिवन्ध लगाइएको हुदा निर्णयको वर्खिलाप हुने गरी कार्य गरेको पाइएमा संक्रमण रोग ऐन २०२० अंतर्गत कड़ा कार्यवाही गरिने समेत चेतावनी दिइएको छ ।
तीज ,चतुर्थी ,ऋषि पञ्चमी सहित मुहर्रम भेला भएर मनाऊंन प्रतिवन्ध
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।